घट्यो सुनको मूल्य
काठमाडौ,पुस ४ । बिहीबार नेपाली बजारमा सुन प्रतितोला एक हजार सात सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन आज एक हजार सात सयले घटेर तोलाको एक लाख ४९ हजार रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
यसअघि बुधबार सुन तोलामा एक लाख ५० हजार सात सय रुपियाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५५ ले घटेर तोलाको एक हजार ७८० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी तोलाको एक हजार ८३५ रुपियाँ थियो ।