रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको निधन
रामेछाप,मंसिर १४ । रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको निधन भएको छ । गोकुलगंगा गाउँपालिका ४ बेतालीका वडाध्यक्ष रामचन्द्र बस्नेतको निधन भएको प्रहरीले जनाएको छ । मृतक बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित थिए । गोकुलगंगा गाउँपालिका-३ सिमलडाँडामा भएको उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडी ३ सय मिटर तल खसेको छ । मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीस्थित सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।