लुम्बिनी पुगे प्रधानमन्त्री ओली, २८९ विद्यार्थी दीक्षित गर्ने तयारी



काठमाडौं, मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन रुपन्देही पुगेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली यति एयरलाइन्सको जहाजबाट भैरहवा पुगेका हुन् ।

तेस्रो दीक्षान्त समारोह तथा विश्वविद्यालयको २० औँ वार्षिक उत्सव समारोहमा प्रधानमन्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा लुम्बिनी बिकास कोशको अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने कार्यक्रममा हुँदै छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरि २ सय ८९ जना विद्यार्थी दीक्षित हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्