अहिलेसम्मकै महँगो बन्यो सुन, फेरि बनायो कीर्तिमानी रेकर्ड



काठमाडौं,असोज ११। सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँ वृद्धि भएको छ । योसँगै आजका लागि १ लाख ६१ हजार २०० रुपैयाँ काय भएको छ । यो अहिलेसम्मकै महँगो हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि १ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समयम सुनको भाउ दैनिक रेकड बनाएको छ । गत बुधवार पनि १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, साताको अन्तिम कारोबार दिन चाँदीको भाउ स्थिर छ । आजका लागि चाँदीको भाउ १ हजार ९५५ तोकिएको छ । बिहीबार पनि सोही मुल्यम कायम भई खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्