पेसोको भाउ ५० प्रतिशतभन्दा बढीले अवमूल्यन गर्दै अर्जेन्टिना



अर्जेन्टिना,मंसिर २८ । अर्जेन्टिनाको नयाँ सरकारले आफ्नो मुद्रा पेसोको भाउ अवमूल्यन गर्ने भएको छ । त्यहाँको सरकारले डलरको तुलनामा पेसोको भाउ ५० प्रतिशतभन्दा बढीले अवमूल्यन गर्ने जनाएको छ । 

अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति ह्याभियर मिलेईले देशको आर्थिक संकट समाधानका लागि यो कदम चाल्नुपर्ने बताएका छन् । अर्जेन्टिनाले दशककै सबैभन्दा बढी आर्थिक संकट भोगिरहेको छ । ‘यो ‘इकोनोमिक शक थेरापी’को हिस्सा हो,’ उनले भनेका छन् । 

अर्थमन्त्री लुइस क्यापुटोले पनि सार्वजनिक खर्चमा भारी कटौटीको घोषणा गरेका छन्, जसमा इन्धन तथा यातायात अनुदानमा कटौती तथा प्रमुख सरकारी सम्झौता र विज्ञापन खर्च रोक्ने उल्लेख छ । अर्थमन्त्री क्यापुटोले अर्जेन्टिनाले इतिहासकै सबैभन्दा खराब आर्थिक अवस्थाको सामना गर्नुपरेकाले अत्यधिक मुद्रास्फीतिबाट जोगिन यो कदम उठाउनुपरेको बताएका छन् । 

‘केही महीनामा हाम्रो हालत पहिलेभन्दा बिग्रनेवाला छ खासगरी मुद्रास्फीतिको मामिलामा । म यसकारण यो कुरा भन्दैछु किनकि राष्ट्रपति भन्ने गर्छन्– एक आरामदायक झुट बोल्नुको तुलनामा एक असुविधाजनक साचो बोल्नु राम्रो हुन्छ,’ एक टेलिभिजनसँगको अन्तरवार्तामा उनले भने । 

अर्जेन्टिना बढ्दो मुद्रास्फीतिसँग जुधिरहेको छ । पछिल्लो वर्षको तुलनामा सामानको भाउ १५० प्रतिशतले बढेको छ । त्यति मात्र होइन, अर्जेन्टिना कम नगद सञ्चितिका कारण समस्यामा त छ नै, ऊ उच्च सरकारी ऋणले थिचिएको छ, जबकी त्यहाँका ४० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन् ।

यसैबीच, अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि अर्जेन्टिनालाई निजी क्षेत्रको विकासका लागि माहोल बनाउन मद्दत गर्ने बताएको छ, जबकि अर्जेन्टिनाले आईएमएफलाई ४४ बिलियन डलर ऋण तिर्नै बाँकी छ ।

‘म निर्णायक कदमको स्वागत गर्छु,’ आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले भनिन्, ‘यो देशमा स्थिरता कायम गर्न तथा देशको आर्थिक क्षमताको पुनःनिर्माण गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो ।’ 

अर्जेन्टिनी अर्थमन्त्री क्यापुटोका अनुसार अहिले प्रतिडलर ३९१ रहेको पेसोको विनिमय दर घटाएर प्रतिडलर ८०० कायम गरिनेछ । 

सन् २०१९ यता अर्जेन्टिनाले आफ्नो मुद्रालाई कडाइका साथ नियन्त्रण गरेर कृत्रिम रूपमा बलियो बनाइराखेको थियो । यसले अनौपचारिक मुद्रा बजारमा अमेरिकी डलरको माग बढाउन मद्दत मिलेको थियो, जसले पेसोको व्यापार आधिकारिक स्तरमा कम दरमा भएको थियो । 

कडा संघर्षपछि देशको शीर्ष पद राष्ट्रपतिमा निर्वाचित भएका मिलेईले गत आइतवार शपथ लिएका छन् । उनले चुनावअघि ठूलो मात्रामा खर्च कटौती गर्न अभियान चलाएका थिए । 

उनको गठबन्धन, जो देशको कांग्रेसमा तेस्रो सबैभन्दा ठूलो छ, त्यसले अर्थव्यवस्थालाई उथुलपुथुल नगरी प्रमुख खर्च कटौती लागू गर्न सक्षम होला भन्ने हेर्न बाँकी छ । 

मिलेईले सरकारी खर्च कम गर्न संघीय मन्त्रालयहरू आधा घटाइसकेका छन्, जसका कारण ३५ प्रतिशत यल मगतथरोजगारी कटौती हुन सक्ने अर्थमन्त्री क्यापुटोको अनुमान छ । 

पूर्वाधार परियोजनाको सरकारी खर्च कटौतीबारे अर्थमन्त्री क्यापुटोले भने, ‘वास्तविकता यो छ कि अहिले हामीसँगै सार्वजनिक कामको भुक्तानीका लागि पैसो छैन ।’ बीबीसी

प्रतिक्रिया दिनुहोस्