इजरायली आक्रमणबाट गाजामा हालसम्म ८,५०० प्यालेस्टिनीको मृत्यु
गाजा,कात्तिक १३ । इजरायली आक्रमणबाट गाजामा हालसम्म ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।
अलजजिराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५ सय प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १ हजार ४ सय बढीको मृत्यु भएको छ ।
इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ ।
इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बताएको छ ।