दशैं बिदामा सुदुरपश्चिम घुम्ने सोचमा हुनुहुन्छ ? यी हुन् छुटाउन नहुने गन्तव्य



काठमाडौं,कात्तिक ४ । नेपाली हिन्दु धर्मालम्वीहरुको महान् चार्डपर्व वडा दशैं आएको छ । अहिले अधिकांश सरकारी कार्यलयदेखि निजि संस्थाहरुमा कर्मचारीहरुलाई अन्य सिजन भन्दा धेरै लामो बिदा हुन्छ । यो सिजनमा बिदा लामो र मौसम पनि अनुकुल हुने भएकाले अधिकांशको योजना घुमघाम नै हुन्छ । साथी भाइहरु भेट हुँदा समेत कुन ठाउँ घुम्ने जाने भने छलफल चल्ने गर्दछ । आफ्नो घर, परिवार र साथीभाईहरु मिलेर घुम्नुमा अर्को आनन्द छ ।

केन्द्र बाट धेरै टाढाको ठाउँ हो सुदुर पश्चिम प्रदेश । प्राकृतिक सुन्दरताले भरिपूर्ण प्रदेशका आफ्नै भाषा जीवन शैलि रहेका छन् । नेपालको संविधान बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरियो । यी मध्ये साविकका महाकाली अञ्चलका ४ जिल्ला र सेती अञ्चलका ५ जिल्लाको सुदूरपश्चिम प्रदेश कायम भयो । भौगोलिक रुपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेटेको छ । त्यस्तै हावापानीको दृष्टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको (उष्ण मनसुनीदेखि टुन्ड्रा) हावापानी विद्यमान रहेको छ ।

भौगोलिक रुपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेटेको छ । त्यस्तै हावापानीको दृष्टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको हावापानी विद्यमान रहेको छ । यो प्रदेश १०९ मिटरदेखी ७१३२ मिटरसम्म उचाई र २८ं २२” उत्तरी अक्षांशदेखि ३०ं ०९” उत्तरी अक्षांश र ८०ं ०३” पूर्वी देशान्तरदेखि ८१ं २५” पूर्वी देशान्तरसम्म फैलिएको छ । यस प्रदेशको सबैभन्दा अग्लो भू–भागको रुपमा अपि हिमाल (७,१३२ मिटर) र होचो भू–भागको रुपमा कैलाली जिल्लामा (१०९ मिटर) रहेको छ ।

नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. मध्ये सुदुरपश्चिम प्रदेश ले १९,५३९ वर्ग कि.मि. अर्थात् १३.२७% क्षेत्रफल ओगटेको छ । यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू–भाग ७,९३२.८३४ वर्ग कि.मि. (४०.६०%), पहाडी भू–भाग ६,७४८.७७०६ वर्ग कि.मि. (३४.५४%) र तराई भू–भाग ४,८५७.३९५४ वर्ग कि.मि. (२४.८६%) पर्दछ । यस प्रदेशमा पहाडी तथा हिमाली भू–भाग बढी रहेको छ । यो प्रदेश नेपाल राज्यको करिब पश्चिम भागमा पर्दछ । यो प्रदेशका २ जिल्ला (कैलाली र कञ्चनपुर) तराई क्षेत्रमा, ४ जिल्ला (डोटी, डडेल्धुरा, अछाम, बैतडी) पहाडी क्षेत्रमा र ३ जिल्ला (दार्चुला, बझाङ र बाजुरा) हिमाली क्षेत्रमा पर्दछन् ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलका ४ जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर, सेती अञ्चलका बझाङ्ग, बाजुरा, डोटी, अछाम र कैलाली गरी जम्मा ९ जिल्ला रहेका छन् । १ उप–महानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी जम्मा ८८ स्थानीय तह रहेका छन् ।

यस प्रदेशका प्रमुख नदीहरुमा सेती र महाकाली हुन् । अन्य सहायक नदीहरुमा चमेलीया, बुढीगंगा, दरगंगा, सुर्नाया, ढिकगाड, होपरीगाड, रंगुन, डोटेली गाड, स्पालगाड, खुवटया, मोहना, श्चशसैया, बानरा, आदि हुन् । यस क्षेत्रमा पर्ने प्रमुख तालहरुमा कैलाली जिल्ला घोडाघोडी ताल विश्वसम्पदा सूचीमा सूचिकृत सिमसार क्षेत्रको रुपमा परिचित हुनुका साथै धार्मिक दृष्टिकोणबाट समेत प्रसिद्ध छ । कञ्नपुर जिल्लामा रहेको झिलमिला ताल, वेदकोट ताल, डडेल्धुराको आलीताल, डोटी जिल्लामा रहेको छतिवन ताल आदि छन् भने डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको बिचमा रहेको खप्तड ताल यस क्षेत्रको प्रमुख पर्यटकीय आर्कषणको रुपमा रहेको छ ।

प्रमुख पर्यटकीय स्थलहरुः
खप्तड
सुदुरपश्चिमको धरातल नै घुम्नका लागि उत्तम ठाउँ हो । त्यहाँ प्रत्येक मठ मन्दिर, डाडाँकाडा, नदिनाला, बनजंगल र निति रिवाजले नै पर्यटकलाई सुगन्द थप्छ । विशाल फाँटहरूमा फुल्ने रंगीचंगी फूल र फाँटछेउमा मिलाएर रोपेका जस्ता देखिने रुखहरू खप्तड क्षेत्रका मुख्य आर्कषणको केन्द्र हो । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् । खप्तडका २२ वटा पाटन र ५३ वटा थुम्काहरूहरुले खप्तडलाई स्वर्ग बनाएको छ । समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानी हो पनि फरक नपर्ला ।

काठमाडौँदेखि धनगढी ६५० किमी बसयात्रा गरेपछि धनगढीदेखि डोटीको सिलगढीसम्म ८ घण्टाको बस चढ्नुपर्छ । त्यसपछि सुरु हुन्छ पैदल यात्रा । बगलेगसम्म जीप पनि चल्ने भएकाले जीप रिजर्भ गरेर पनि जान सकिन्छ । डोटीको सिलगढीदेखि शुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना पुगिन्छ र दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ । बस्नको लागि भने त्यहा आफ्नै टेन्ड लगेर जाने हो भने अझै उपयुक्त हुने गर्दछ ।

अपि साइपाल हिमाल
साइपाल हिमाल गुराँस हिमशृङखला अन्तर्गत पर्ने दोस्रो अग्लो हिमाल हो। स्थानिय भाषामा यसलाई सैपाल पनि भन्ने गरिन्छ । यो गुराँस हिमालमा पर्ने अपी हिमाल पछि दोस्रो अग्लो हिमाल हो।

अपी हिमाल दार्चुला जिल्लाको सबैभन्दा अग्लो भाग हो अपी हिमाल । यसको उचाई ७,१३२ मी.(२३,३९९ फीट) रहेको छ। नेपालको सुदूरपश्चिममा अवस्थित अपी हिमाल भारत र तिब्बतसँग सिमाना जोडिएको छ । अपी हिमाल योका पहार खण्डको गुराँस हिमाल मध्ये सबै भन्दा अग्लो चुचुरो हो ।

यी दुबै हिमालले सुदुरको सुन्दरतामा अझै सुगन्ध थपेको छ । यदि तपाई हिमालय घुम्ने सोचमा हुनुहुन्छ भने सुदुरका यी दुई हिमाल पनि मुख्य केन्द्र हुन सक्छन् ।

बडीमालिका
बडीमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो । यो स्थान सेती अञ्चलको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रत्येक वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडीमालिकामा २ वटा पुजारीले पूजा गर्छन् । यीमध्ये १ जना कालिकोटबाट आउँछन् भने अर्को १ जना बाजुराका पुजारी छन् ।

बडीमालिका धार्मिक मात्र नभएर पर्यटकिय हिसावले पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडीमालिकाका गहना हुन् । बडीमालिकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । तर अचेल यी फाँटहरू बिस्तारै मासिँदै छन् । यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लाबासीको गुनासो छ । बडीमालिकामा प्रत्येक वर्ष जनै पूर्णिमाका दिन ठूलो मेला लाग्छ । त्यो समयमा केही स्थानीय व्यापारीले पसल राख्ने गर्छन् । अन्य समयमा त्यहाँ पसलहरू खासै भेटिँदैनन् । बडीमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ । बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ । मन्दिर व्यवस्थापनले भक्तजनहरूलाई बास बस्नका लागि एउटा धर्मशाला बनाइदिएकाले भक्तजनहरू त्यहीँ बास बस्ने गर्छन् । मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष भन्छन् बडिमालीकामा सरकारको पहुँच नभएका कारण त्यहाँबाट जडीबुडीको चोरी निकासी हुने गरेको छ ।

गाडीबाट बडीमालिका जान धनगढी वा नेपालगन्जबाट अछामको साँफेबगर पुग्नुपर्छ । त्यहाँबाट ब्रह्मतोलाको शेराबजारसम्म गाडीको सुविधा छ । बर्खायाममा भने सम्भव छैन । साँफेबगरबाटै हिँड्नुको विकल्प छैन । हवाईमार्गको प्रयोग गर्ने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टी पुगिन्छ । कोल्टीबाट एक दिनको बाटो हिँडेर सदरमुकाम मार्तडी पुगिन्छ । सुदुर पश्चिमका पयर्टकीय स्थानहरूमा अति महत्त्वपूर्ण स्थलको रूपमा चिनिने बडिमालिका धार्मीक तथा ऐतिहासिक दृष्टीले महत्त्वपुर्ण मानिन्छ । मन्दिरमा पुग्न बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारबाट पैदल हिंडेर जाँदा २ –३ दिनमा पुग्न सकिन्छ । यहाँ पुग्न जो कोहीलाई हम्मे हम्मे पर्दछ । आफुलाई आवश्यक पर्ने चामल पिठो, ओढ्ने ओछाउने र लगाउने कपडा, पकाउने र खाने भाँडाका साथै अन्य सरसमानहरू बोकेर दुर्गम बाटो, उकाली ओराली, भिर पहरा र भञ्ज्याङहरू पार गरेर यहाँ पुग्न कम चुनौती पूर्ण छैन । अग्लो चुचुरोमा रहेको बडिमाईको मन्दिर वरपर विभिन्न प्रकारका सुन्दर फूलहरूले र २२ पाटन (हरिया फाँट)हरूमा चर्दै गरेका भेडा, बाख्रा, भैंसी आदी जनावरहरूले यहाँको शोभा बढाएको हुन्छ । त्यस्तै गोठालाहरू र यात्रीहरूको मुखबाट गुन्जिने सुरिला देउडा भाकाले झनै यस ठाउँको सौन्दर्यता बढाउछ । यती हुँदा हुँदै पनि यो ठाउँ पर्यटकिय केन्द्र विन्दु बन्न सकिरहेको छैन । यसको थप प्रचार प्रसार गरेर नेपालको पर्यटकिय स्थलको रूपमा चिनाउन आवश्यक छ ।

दोधारा चाँदनी पुल
दोधारा चाँदनी पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हो । जुन कञ्चनपूर जिल्ला स्थित महाकाली नदीमा रहेको छ ।यो पुलले कञ्चनपुलको दोधारा र चाककदनी लाई जोडेको छ ।

वर्षेनी हजारौ स्थानिय र बाह्य पर्यटकहरु दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन।यो जिल्ला भरिमै आकर्षणको केन्द्रमा रहदै आएको छ । पर्यटकको आगमन दिनप्रति दिन बढ्दो छ।यसले कञ्चनपुर जिल्लाकै महिमा बढाएको छ ।कोही पर्यटकहरु पुलको अवलोकन गर्दै फोटोहरू लिदै रमाई रहेका देख्न सकिन्छ भने कोही पर्यटकहरु नदी किनारामा पौडी खेल्दै आनन्द लिईहेका हुन्छन ।यो क्षेत्रले अहिले पर्यटकहरुलाई तान्ने गरेको छ यस कारण यो क्षेत्र घुम्नु नै पर्ने उपयुक्त ठाउँ रहेको छ ।

घोडाघोडी ताल
घोडाघोडी ताल सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो । यो स्थल कैलाली जिल्लाको “पहलमानपुर“ र “सुखड“को विचमा पर्ने जंगलमा पर्दछ । पूर्व पश्चिम राजमार्गको छेउमै अवस्थीत यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने धनगढी बजारबाट करिब ५३ किलोमिटर पूर्वमा पर्ने यो ताल कैलाली जिल्लाका दरख, रामशिखरझाला र साँडेपानी गाविसहरूको सिमानामा अवस्थित छ । २८ ४१’०३ उत्तरी अक्षांस र ८० ५६’४५ पूर्वी देसान्तरमा पर्ने यो ताल समुन्द्री सतह देखि २०५ मिटर उचाइमा रहेको छ । करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल करिब १३८ हेक्टर छ । यो ताल १९ वटा औंला भएको हत्केला आकारको छ । यस आसपासमा रहेक अन्य १३ वटा ससाना तालहरू समेत गरेर उक्त सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल मात्र दुइसय ४८ हेक्टर रहेको छ ।ृ२े यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेको छ ।

हवाई दृश्यबाट अवलोकन गर्दा एउटा तालको सीमा टुङ्गिन नपाउँदै अर्को ताल सुरु हुने तालै तालको माला झैं लाग्छ, घोडाघोडी क्षेत्र । पूर्व पश्चिम राजमार्गको छेऊमै रहेको यो ताल क्षेत्र दुर्लभ चराचुरिङ्गीले विचरण गर्ने शान्त भूमि अनि सुरक्षित बासस्थान हो । विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीहरूलाई अझसम्म पनि यो तालले संरक्षण दिइरहेका पाइएपछि सन् २००३ अगस्त १३ गते विश्व रामसार सूचीमा सूचिकृत भएको छ ।

विश्वभरका एक हजार ३१४ वटा रामसार क्षेत्र मध्य केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यो ताल क्षेत्रमा मात्र पाइन्छन् । त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताको दृष्टिले यो ताल क्षेत्रको संरक्षण गर्नु जरुरी भएको हो । हालसम्मको अध्ययन अनुसार यहाँ ४५० प्रजातिका वनस्पति मात्र पाइने गरेका छन । ताल क्षेत्रमा पाइने जङ्गली धानको संरक्षणका लागि अध्ययन, अनुसन्धान र वीऊ जोगाऊ कार्यक्रम सञ्चालन गरिएको छ ।

घोडाघोडी तालको छेउमा भगवान शिवको मन्दिरका कारणले यो क्षेत्र धार्मिक दृष्टिले समेत आस्थाको केन्द्रका रूपमा रहेको छ ।

कर्णाली पुल
कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ । यो पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को भाग हो जसले नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र लाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ। यसको निर्माण सन् १९९३ मा पूरा भएको हो । यो तार पुल हो जसको बिचमा ठूलो खम्बा (उथयिल) हुन्छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस (तचगकक) लाई अड्याइएको हुन्छ। यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ। बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ। यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ । यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो।

अहिले यस क्षेत्रमा फोटो भिडियो खिच्ने मान्छेको भिड लागेको हुन्छ । नजिकै रहेको चिसापानी बजारको आम्दानी समेत यहाँ आउने पर्यटकहरुले थपेको पाइन्छ । पछिल्लो समय निकै धेरै मान्छे घुम्न आउँन यस क्षेत्र सुदुरको पर्यटकिय क्षेत्रको मुख्य गतन्ब हुन सक्छ ।

उग्रतारा मन्दिर
उग्रतारा मन्दिर शुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेलधुरा देखि चार किलोमीटर पश्चिमपट्टी रहेको छ । यो मन्दिरलाइ नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर, बागबजारबाट करिब ५कि.मि. टाढा डडेलधुरा , बैतडीराजमार्गको पश्चिम पटीको अग्लो विशाल तथा रमणिय फाटमा रहेको छ ।

शैलेश्वरी
शैलेश्वरी माताको मन्दिर सुदूर पश्चिमाञ्चलविकास क्षेत्रको डोटी जिल्ला अन्तर्गत सिलगढी मा अवस्थित छ । यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल रूपमा रहेको छ । यहाँ देविको नित्य पुजा सिलगाउ निवासी भट्ट ब्राह्मण द्वारा गरिन्छ । प्रतेक वर्ष जेठ र कार्तिक पुर्णिमा का दिन वर्षमा लक्षबहन महायज्ञ परम्परागत रूपमा प्राचीन कालदेखिनै हुँदै आएको छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । भगवान शिव र माता पार्वती आफ्नो विवाह पश्चात मधुचन्द्रिकाका निम्ति यस डोटी जिल्लामा अवस्थित रमणिय चन्द्रगिरी पर्वतलाई रोज्नु भएको थियो । ब्रह्मा विष्णु लगायत विभिन्न देवताहरू भगवान शिवको खोजि गर्दै यहाँ आई पुग्दा माता पार्वतीले देवताहरूलाई देखेर लज्जास्वरुप शिला बनेको हुनाले त्यसै बेला देखि यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको थियो ।

अन्य क्षेत्र
यस क्षेत्रका प्रमुख पर्टक स्थलहरुमा बुढीनन्दा देवी, शुक्लाफाँटा, सुर्मासरोवर ताल, महाभारतपर्वत, घनघश्या लेक, भेल्छडा, पाताल भुमेश्वर, रौलाकेदार, अजयमेरुकोट, आलीताल, बेदकोट, व्यास हिमाल, मेलौली भगवती, , टिकापुर पार्क, रामारोशन क्षेत्र, आदि रमणिय क्षेत्र रहेका छन् । यदि तपाई दशैं बिदामा आफु घुमेर आनन्द लिने सोच बनाउनु भएको छ भने सुदुरका यी क्षेत्र निकै सुन्दर रहेका छन् । सुदुरका हरेका फाडा डाँडपाखा, यस क्षेत्रको मानिसको जीवन शैलि लवाइ खवाई, भाषा संस्कृति आफ्नैमा पर्यटकिय क्षेत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्