महीला उत्पीडनविरुद्ध सघंर्षरत इरानी महिला नर्गेसलाई नोबेल शान्ति पुरस्कार



ओस्लो,असोज २०  । इरानमा महीलामाथिको दमनविरुद्ध लड्दै आएकी महीला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उनी इरानको जेलमा छन् ।

नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस–एन्डर्सनले शुक्रबार उक्त पुरस्कारको घोषणा गरेका हुन ।

 पुरस्कारको रकम एक करोड १० लाख स्विडिस क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ । डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा उनलाई १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्