भारतले नेपाललाई दियो २ सय ३ रनको लक्ष्य
काठमाडौं,असोज १६ । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोड्यो।नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे।
भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो।