भारतसँगको खेलमा छक्का प्रहार गरेका कुशल र सोमपाललाई १/१ लाख रुपैयाँ प्रदान
काठमाडौं,भदौ २१ । इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई आज दुई लाख प्रदान गरेको छ ।
फाउन्डेशनले एसिया कप–२०२३ अन्तर्गत भारतसँगको खेलमा छक्का प्रहार गर्ने प्रतिखेलाडीलाई एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो । जसअनुसार खेलकुद पत्रकार मञ्चको रोहबरमा आज बिहीवार आयोजित कार्यक्रममा भारतसँगको खेलमा छक्का प्रहार गरेका नेपालका कुशल भुर्तेल र सोमपाल कामीलाई जनही एक लाख रुपैयाँ प्रदान गरिएको हो ।
इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीले खोलेको संस्था हो ।