विद्यालय व्यवस्थापन समिति भङ्ग नगर्न आदेश
काठमाडौं,भदौ १४ । सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
संवैधानिक इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलले रिटमा अन्तरिम आदेश जारी भएको बताए ।
महानगरले असार ३० गतेको नगर सभाबाट मातहतका सामुदायिक विद्यालयका व्यवस्थापन समिति भङ्गको निर्णय गरेको थियो । समिति भङ्ग गरेर सम्बन्धित वडाका वडाध्यक्षलाई नै पदेन अध्यक्ष बनाउने निर्णय महानगरले गरेको थियो ।