पाकिस्तानद्वारा नेपाल पराजित
काठमाडौँ,भदौ १३ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ ।
टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन सय ४२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २३.४ ओभरमा अलआउट हुनुअघि एक सय चार रनमात्र बनाउन सक्यो ।
नेपालले सुरुमै आफ्नो तीन विकट गुमाएको थियो । पहिलो विकेटका रुपमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आठ रन बनाउँदै आउट भएका हुन् । उनलाई पाकिस्तानी बलर साहिन शाह अफ्रिदीले मोहम्मद रिजवानद्वारा क्याच गराएका हुन् ।