नुवाकोटमा पुस्तकालय ब्यवस्थापन तालिम सम्पन्न



नुवाकोट,भदौ ७ । नुवाकोटमा पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न भएको छ । मंगलबारदेखि बट्टारस्थित होटल दरबार भ्यूमा भएको तालिम सम्पन्न भएको हो ।

गैरसरकारी संस्था रुडेक नेपाल र रुम टु रिडले सञ्चालन गरेको तालिममा ककनी,लिखु, तादी र विदुर नगरपालिकाका विभिन्न विद्यालयका ३५ प्रशिक्षार्थी शिक्षकको सहभागिता रहेको थियोे ।

विद्यालयमा पुस्तकालय स्थापना पश्चात् बालबालिकाको शैक्षिक स्तर वृद्धि कसरी गर्न सकिन्छ भन्ने बिषयलाई जोड दिइएको थियोे । पछिल्लो समय रुडेक नेपालले विभिन्न सामुदायिक विद्यालयमा पुस्तकालय ब्यवस्थापन गरी शैक्षिक स्तर विकासमा थप टेवा प्रदान गर्दै आइरहेको छ ।

तालिम समापन कार्यक्रममा शिक्षा शाखा लिखुका प्रमुख साधुराम फुयाल, बरिस्ठ प्रशिक्षक एकराज कोइराला, बटुराम सापकोटा, राधाकृष्ण रिजाल, राजकुमार गजुरेल, दुर्गा भेटुवालले तालिम र यस्ले विद्यालय र विद्यार्थीलाई पुर्याउने योगदान बारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्