सरकारी प्रतिवद्धतासँगै निजी विद्यालयका संचालकको आन्दोलन स्थगित
काठमाडौं,साउन २६ । निजी विद्यालयहरुले प्रश्तावित शिक्षा विधेयकबिरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन् ।
शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता आएको भन्दै उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको बताएका हुन् ।
मन्त्री परिषद्बाट पारित शिक्षा विधेयक–२०८० बिरुद्ध विद्यालय बन्द सम्मका कार्यक्रम घोषणा गरेका विद्यालय सञ्चालकहरुले माग सम्बोधन गर्ने प्रतिवद्धता आएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताए। उनले ले सरकारले सरोकारवाला पक्षलाई समेटेर प्रश्तावित शिक्षा ऐन अघि बढाउने प्रतिवद्धता जनाएको बताए ।