महिला विश्वकप फुटबल : न्युजिल्यान्डको विजयी सुरुवात



एजेन्सी,साउन ४ । आयोजक न्युजिल्यान्डले फिफा महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गत न्युजिल्यान्डको इडेन पार्क स्टेडियममा बिहीबार दिउँसो भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गोलले हरायो ।

न्युजिल्यान्डको जितमा हन्नाह विल्किन्सनले निर्णायक गोल गरे। उनले ४८औं मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । ९०औं मिनेटमा रिया पर्सिभल पेनाल्टीमा चुकेपछि न्युजिल्यान्डले अग्रता दोब्बर बनाउने मौका गुमायो । 

जितसँगै न्युजिल्यान्डले समूहमा तीन अङ्क बनाएको छ । नर्वेले हारबाट विश्वकपको सुरुवात गरेको छ । आजै समूह ‘बी’ को अर्को खेलमा आयोजक अष्ट्रेलिया र रिपब्लिक आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । 

न्युजिल्यान्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको नवौं संस्करणको यस विश्वकपमा पहिलो पटक सर्वाधिक ३२ टोलीको सहभागिता छ । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । फाइनल खेल अगष्ट २० तारिखमा अष्ट्रेलियाको सिड्नीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्