अनेरास्ववियु आरआरले असार १८ गतेदेखि भलिबल प्रतियोगिता आयोजना गर्ने, प्रथम पुरस्कार एक लाख



काठमाडौं,असार ६ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आरआर क्याम्पसले ‘अनेरास्ववियु भलिबल कप २०८०’ आयोजना गर्ने भएको छ । क्याम्पस कमिटिले आज (असार ६ गते) एक पत्रकार सम्मेलन गर्दै एक लाख धनराशीको भलिबल प्रतियोगिता गर्ने लागेको बताएको हो ।

अन्तर क्याम्पस खुल्ला भलिबल प्रतियोगिता असार १८ देखि २२ गतेसम्म आरआर क्याम्पसमा आयोजना गर्ने लागेको क्याम्पस कमिटि अध्यक्ष लोकेश खड्काले बताए । उक्त प्रतियोगिताको प्रथम हुने टिमलाई एक लाख रुपैयाँ नगद पुरस्कार पाउने जनाइएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा द्वितीय हुने टिमले ५० हजार रुपैयाँ र तृतीय हुने टिमले २५ हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ । नगदका साथै सिल्ड, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिने छ ।

उक्त आयोजनामा सहभागि हुने टिमले यहि असार १५ गतेभित्र टिम दर्ता गरि सक्नुपर्नेछ । प्रतियोगितामा सहभागिता जनाउने टिमलाई टिम दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको छ ।

यस्तो छ तयारी र नियम:

१,सम्पूर्ण सहभागी समूहहरूले समूहका लागि आवश्यक सम्पूर्ण व्यवस्था आफै गर्नु पर्नेछ ।
२, क्याम्पसभित्र वा खेल मैदानको १ किलो मिटर वरिपरिको क्षेत्रमा धुम्रपान, मद्यपान आदिको प्रयोग पूर्ण निषेध गरिएको छ ।
३, प्रतियोगिताका सम्पूर्ण खेल सम्पन्न नहुनञ्जेलसम्मका लागि सुरक्षा व्यवस्था मजवुत बनाइएको छ ।
४,प्रतियोगिमा उपस्थिति हुने दर्शक तथा समाचार सङ्कलन गर्न आउने पत्रकारहरूको लागि खेल मैदानको बाँयातर्फ बस्ने व्यवस्था गरिएको छ ।
५, खेलाडीहरूका लागि प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था खेल मैदानको दायाँपट्टि गर्ने गरी स्वाथ्य शिविर व्यवस्था गरिएको छ ।
६,क्याम्पसमा क्रियाशील अनेरास्ववियुका साथीहरु बिचबाट स्वयम् सेवक टोली तयार गरिएको छ । कमरेडहरुले खेल व्यवस्थित गर्न ठुलो मद्धत गर्नुहुनेछ ।
७, प्रतियोगिता सञ्चालनका क्रममा कुनै विवाद हुन आएमा खेल एम्पायरको निर्णयनै अन्तिम मानिनेछ।
८, प्रतियोगिताको उद्घाटन संगठनका केन्द्रिय अध्यक्ष क समिक बडाल द्वारा २०८० असार १८ गते बिहान ८ बजे हुनेछ ।
९, प्रतियोगिताको समापन तथा पुरस्कार वितरण २०८० असार २२ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्