नेपाल कुवेतसँग पराजित
काठमाडौं,असार ६ । साफ च्याम्पियन्सिपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
भारतको बैंगलुरुमा भएको खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
कुवेतको जितमा खालेद हाजीह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरेका थिए । नेपालका लागि अञ्जन विष्टले एक गोल फर्काएका थिए । नेपालले अर्को खेल असार ९ गते घरेलु टिम भारतसँग प्रतिस्पर्धा गर्ने छ ।