पर्यटकको संख्या बढ्दै, खर्च र बसाइ घट्दै
काठमाडौं, जेठ २४ । कोभिड महामारीपछि अहिले केहि महिना पर्यटक आगमनमा वृद्धि भएको छ । तर, उनीहरुले गर्ने खर्च र बसाइ अवधि बढ्नुको साटो घटेको छ ।
सरकारी तथ्यांकअनुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ अवधिमा केहि कमी आएको छ । यस अवधिमा पर्यटकको औसत बसाइ १३.१ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर छ । सन् २०२१ मा यो क्रमश १५.५ दिन र खर्च ४८ डलर थियो ।
त्यसअघि २०२० मा कोभिड माहामारीका कारण पर्यटक आगमन अत्यन्तै न्यून भएपनि उनीहरुले गर्ने खर्च र बसाइ अवधि बढेको थियो ।
तर, २०२२ मा दुबै घट्यो । कोभिडको समयमा क्वारेन्टाइन बस्नुपर्ने बाध्यताका कारण खर्च र बसाइ अवधि बढेको हो ।
यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।