चितवनमा कृषि कर्जा मेलाको तयारी
काठमाण्डौं,चैत १ । आगामी चैत ९ गतेदेखि चितवनमा ‘कृषि कर्जा मेला’ आयोजना हुने भएको छ ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघ र आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिले संयुक्त रुपमा चितवनको भरतपुरस्थित एक्स्पो सेन्टरमा चैत ९ गतेदेखि १२ गतेसम्म मेला आयोजना गर्न लागेका हुन् ।
यो मेलाले बैंक र कृषकहरूलाई एकै थलोमा भेला गराई कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने र कृषि कर्जा मैत्री नीति निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको मेला संयोजक सुष्मा शर्माले बताइन् ।
मेलाकै अवसरमा नेपाल कृषि मेशिनरी व्यवसायी संघले कृषि यान्त्रीकरण प्रदर्शनी पनि गर्दै छ।