चिलिमे हाइड्रोपावरको ७.५% बोनस शेयर सूचीकृत



काठमाडौं,फागुन २३ । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ४७ लाख १० हजार ५५४ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया दिनुहोस्