कपिलवस्तुका उखु किसानद्धारा ५० औँ पटक ज्ञापन पत्र, ३५ पटक काठमान्डौं



कपिलवस्तु,पुस २६ । कपिलवस्तुका उखु किसानले सरकारसँग रकम माग गर्न ५० पटक सम्म ज्ञापन पत्र बुझाएका छन् । आइतबार ५० औँ पटक उखुको रकम पाउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको किसान सङ्घका कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो । चौधरी सहितका किसानहरू पटक पटक ज्ञापन पत्र दिँदा र आन्दोलन गर्दा सम्म कुनै सुनुवाइ नहुँदा चिन्तित बनेका छन् । ‘यो ६ वर्षको अवधिमा जिल्ला प्रशासन, इलाका प्रशासनमा मात्र ५० पटक ज्ञापन पत्र बुझायौ, चौधरीले भन्नुभयो,‘अहिले सम्म कुनै सुनुवाइ हुन सकेको छैन, । आर्थिक वर्ष ०७१।७२ मा सरकारले प्रतिक्युन्टल रु २५ का दरले दिने भने पनि अहिले सम्म उक्त रकम कपिलवस्तुका उखु किसान पाउन सकेका छैनन् । जिल्लाका ७ हजार किसानले २ करोड ५० लाख पाउनुपर्ने रकम नपाएको चौधरीको गुनासो छ ।

यही रकमको माग गर्न भनी कपिलवस्तुका उखु किसान अहिले सम्म ३५ पटक काठमान्डौ पुगेका छन् । किसानहरूले गरेको चक्काजाम,अनसनको गन्ती नै छैन । कृषि मन्त्रालय,अर्थ मन्त्रालय मात्र होइन प्रधानमन्त्रीको कार्यालय सम्म पुगेको किसानहरूको भनाई छ ।

‘हामीले धेरै पटक आन्दोलन ग¥यो, सरकारले चिनी मिलले दिन्छ भन्छ,चिनी मिलले सरकारले दिनुपर्छ भन्छ,कृषक ओमप्रकाश चौधरी भन्छन्,‘किसानहरूलाई आश्वासन बाहेक अरू केही भएन, । शिवराज नगरपालिका ७ मा रहेको महालक्ष्मी सुर्गस मिल अहिले स्थान तरण गरी सर्लाही लगिएको छ । मिलका सञ्चालक वीरेन्द्र कनोडियाले आफूले दिनुपर्ने किसानको रकम वाकी नरहेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्