कांग्रेस नुवाकोट पञ्चकन्याको सभापतिमा भद्रुटारका थापाको उम्मेदवारी
नुवाकोट,असोज ७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नुवाकोट पञ्चकन्या गाउँपालिकामा भद्रुटारका यमबहादुर थापाले उम्मेदवारी दिएका छन् ।
पद्दति र पारदर्शिता, समावेशी पञ्चकन्या गाउँपालिका हाम्रो प्रतिबद्धता एजेन्डासहित थापाले उम्मेदवारी दिने घोषणा गरेका हुन । उनले आफू निर्वाचित भएको खण्डमा संगठनलाई थप उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘यहाँहरुको अमूल्य मतको कदर नेपाली काङ्ग्रेसको सिद्धान्तको जगमा उभिएर संगठनलाई थप उचाईम पुर्याउने मेरो प्रण छ’, थापाले घोषणा पत्रमा भनेका छन् ।
यहि असोज ९ गते हुने पालिकाको अधिवेशनमा पञ्चकन्या सभापतिकै लागि यसअघि भद्रुटारका गणेशप्रसाद सिटौलाले उम्मेदवारी दिने घोषणा गरेका थिए ।