प्रदेश १ मा एमाले छाडेर १० सांसदले रोजे एकिकृत समाजवादी
विराटनगर,भदौ १६ । प्रदेश १ का नेकपा एमालेका १० जना सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) रोजेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एमाले छाडेका १० प्रदेश सांसदले नेकपा एसको पक्षमा केहीबेरअघि सनाखत गरे ।
प्रदेश १ को सभामा नेकपा एमालेका ५१ जना सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका १० जनाले नेकपा एस रोजेसँगै मुख्यमन्त्री भीम आचार्य एक सातामै अल्पमतमा परेका छन् । नेकपा एमाले छाड्ने प्रदेशसभा सदस्यहरू यस प्रकार छन् ।
१. राजेन्द्र राई
२. राजन राई
३. पदमकुमारी गुरुङ
४. सरिता थापा
५. सुनिता चौधरी
६. उपेन्द्र घिमिरे
७. कृष्णकुमारी राई
८. गणेश काङवाङ
९. खिनु लङ्वा लिम्बु
१०. सावित्री रेग्मी