नेता ओलीले व्यङ्ग्य गर्दै प्रधानमन्त्री देउवालाई भने – मेरा पार्टीका केहि नेता लाई मन्त्री बनाइदिनुस
काठमाडौँ,साउन २६ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सेरबहादुर देउवा सामु व्यङ्ग्यात्मक आग्रह गरेका छन् । नेता ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो भनाइ राख्दै आफ्नो पार्टीका केहि सांसदहरूलाई मन्त्री बनाइदिन व्यंग्यात्मक आग्रह गरेका हुन ।
मन्तव्यका क्रममा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीका तर देउवालाई विश्वासका मत दिएका सांसदहरु मन्त्री पद नपाएर छट्पटीमा कुदेको कुद्यै देखिएका भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् ।
व्यङ्ग्य शैलीमा उनले भनेका छन् ‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर कुदेका छन् । हिरिक् हिरिक् हिरिक् भएका छन्,’ ओलीले प्रधानमन्त्री देउवातिर इशारा गर्दै भने, ‘यति त गराइसक्नुभयो, पछि त लगाइसक्नुभयो । मन्त्री बन्न कुद्या कुद्यै छन्, फ्याँफ्याँ भएका छन् । बिहान बेलुका चाकरी बजाइरहेका छन् । मेरो दलमा अलिकति घाटा भएमा सहुँला बुझाउला मन्त्री दिनुस्, प्लिज !’