माधव नेपाल देशद्रोही हुन, उनलाई पार्टीमा ठाउँ छैन : अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई देशद्रोहीको संज्ञा दिएका छन् । नेता नेपाल देशद्रोही भएकाले उनलाई पार्टीमा कुनै पनि स्थान नभएको अध्यक्ष ओलीले बताए । पार्टीको काठमाडौंस्थित जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा माधव नेपाल आन्दोलन विरोधी र देशद्रोही भएको आरोप लगाएका हुन ।
पार्टी अध्यक्ष ओलीले बाटो विराएका साथिहरु मुख्यमुख्य अपराधि हुन । वामपन्थी सरकार ढाल्ने, दक्षीणपन्थी सरकारलाई मेरो विश्वास छ भन्ने माधव नेपालजस्ता आन्दोलन विरोधी र देशद्रोहीलाई कुनै ठाउँ छैन-भने।
‘आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा बाहिर बस्ने, दक्षिणपन्थीको सरकार बनाउँदा इज्जत छोडेर, फ्लोर क्रस गरेर विश्वासको मत दिने’ ओलीले भने, ‘लगभग दुई तिहाइको स्थितिलाई बहुमतमा पुर्याए। प्रतिक्रियावादीहरूसँग मिलेर एमाले सरकार ढाले । एमाले सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर संविधानको रक्षा गर्यौं भनेका छन्।’