देउवालाई मत दिने सांसदसँग एमालेले माग्यो २४ घण्टे स्पष्टीकरण
ललितपुर,साउन ४ । नेकपा एमालेले पार्टी निर्णयविरुद्ध गएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदलाई अनुशासनको कारबाही गर्ने भएको छ ।
ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा जारी एमाले केन्द्रीय कमिटीको १० औं बैठकले माधवकुमार नेपालसहित पार्टीको ह्वीप उल्लंखन गरी देउवालाई विश्वासको मत दिने सांसदहरुलाई अनुशासनको कारबाही गर्ने तयारी गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टिकरण सोध्ने प्रस्ताव राखेका हुन् ।
सर्वोच्च अदालतले संविधानको धारा ७५ को उपधारा ६मा सांसदलाई दलीय ह्वीप नलाग्ने र राजनीतिक कारबाही गर्न नमिल्ने बताएपछि एमालले २२ सांसदलाई अनुशासनको कारबाही गर्न लागेको हो ।
तर बैठकमा सदस्यहरुले भने पार्टी निर्णय अवज्ञा गर्नेहरुलाई २४ घण्टे स्पष्टिकरण जरुरी नभएको र सिधै पार्टीबाट निकाल्नु पर्ने माग राखेका थिए ।एकता जोगाउन गठित कार्यदलले जुटाएको दश बुँदे सहमति अनुमोदन गर्दै बैठक स्थगित भएको छ । अर्को बैठक मंगलबार दिउँसो तीन बजे बोलाइएको छ ।