प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने



काठमाडौ‌,असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका हुन । सम्बोधन गर्ने समय भने तय भइनसकेकाे श्रोतले जनाएको छ।

तर सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको समयअगाबै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताइएको छ । अदालतले राष्ट्रपतिलाई मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समय दिएको छ।

प्रतिक्रिया दिनुहोस्