नुवाकोटमा एक शिक्षिकासहित थप दुई जनाको कोरोनाबाट मृत्यु



नुवाकोट,जेठ १५ । जिल्लामा कोरोना संक्रमणबाट एक शिक्षिकासहित दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मेघाङ गाउँपालिका वडा नम्बर ३ की ४८ वर्षीया शिक्षिका रहेकी छन् । जेठ ४ गते अस्पताल भर्ना भएकी उनको शनिबार बिहान ९ बजे निधन भएको त्रिशुली अस्पतालले जनाएको छ।

गत तीनदिन यता कुनै पनि संक्रमितको निधन नभएको अस्पतालमा शनिबार बिहानै अर्का एक बृद्धको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर १२ का ८८ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्