सिन्धुपाल्चोकमा एकैदिन ३४० मा संक्रमण, हालसम्म १६ को मृत्यु
सिन्धुपाल्चोक,जेठ १२ । जिल्लामा एकैदिन थप ३ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार एकैदिन यति धेरैको संख्यामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
संक्रमण पुष्टि हुनेमा चौतारा साँगाचोकगढीका ११४, सुनकोसीका ११८, इन्द्रावतीका १, हेलम्बुका ४, मेलम्चीका २७, लिसंखुपाखरका २४, बाह्रबिसेका ३१ र पाँचपोखरीका २१ जना छन् ।
यो सँगैं कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा संक्रमित हुनेको संख्या २१ सय पुगेको छ ।
अहिले जिल्लामा ४१ जना आइसोलेसनमा छन् । स्वास्थ कार्यालयले अक्सिजन दिनुपर्नेलाई मात्रै जिललाका स्वास्थ्य संस्थाका आइसोलेसनमा राख्ने भनेपछि जिल्लामा ४१ जना आइसोलेसनमा छन् । बाँकी १६ सय ५१ जना होम आइासेलेसनमा छन् ।
जिल्लाभित्र मात्रै १४ सय ८७ जना होम आइसोलेसनमा छन भने जिल्ला बाहिर १६४ जना होम आइसोलेसनमा बसेका छन् ।
हालसम्म जिल्लामा १६ जनाले कोरोनाको दोस्रो लहरबाट ज्यान गुमाएक छन् । ज्यान गुमाउने धेरैले आइसीयु र भेन्टिलेटरमा उपचार नपाएर ज्यान गुमाएका हुन् । हालसम्म जिल्लामा आइसीयु र भेन्टिलेटर एउटा पनि छैन् ।
हालसम्म जिल्लामा ३ सय १० जनाले कोरोना जितेका छन् ।