रसुवामा थप एक संक्रमितको मृत्यु
रसुवा,वैशाख २७ । रसुवामा थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ। कोरोना संक्रमणबाट ज्यानको जानेमा दोलखाका एक ४८ वर्षीय पुरुष रहेका छन ।
मृतक रसुवाको पालिङ्खर्क वसोवास गर्दै आएका ती पुरुषको आइतवार त्रिशुली अस्पतालमा कोरोना संक्रमणसंगै अस्पताल भर्ना भएका थिए । उनको आइतवार नै निधन भएको त्रिशुली अस्पतालले जनाएको छ ।
योसँगै नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या ३ जना पुगेको छ ।