नुवाकोटमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय



नुवाकोट,वैशाख २४ । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय पुगेको छ ।

स्वास्थ्य कार्यलय नुवाकोटको अनुसार पछिल्लो २४ घण्टामा ६२ जना सङ्क्रमित थपिएसँगै सक्रिय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४ सय पुगेको हो । पछिल्लो २४ घण्टामा विदुर नगरपालिकामा ३४, वेलकोटगढी नगरपालिकामा १२, लिखु गाउँपालिका र दुप्चेश्वर गाउँपालिकामा ४÷४, तादी गाउँपालिका र तारकेश्वर गाउँपालिकामा २÷२ र म्यागङ गाउँपालिकामा १ जना सङ्क्रमित थपिएका हुन् ।

थपिएका सङ्क्रमितमा ४१ जना पुरुष र २१ जना महिला रहेका छन् । सक्रिय सङ्क्रमित ४ सय मध्ये अस्पतालको आइशोलेसनमा ३४, आइशुलेसन सेन्टरमा ५ र होम आइशुलेसनमा ३ सय ६१ जना रहेका छन् । दोश्रो चरणको कोरोना भाइरस युवा शक्तिमा अत्याधिक सङ्क्रमण भइरहेको स्वास्थ्य कार्यलय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले बताउनुभएको छ ।

हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ६ स २६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १८ जना कोरोना मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको सङ््ख्या १ हजार २ सय २४ रहेका छन् ।स्वास्थ्य कार्यलय नुवाकोटको तथ्याङ्क अनुसार जिल्लामा नै कोरोना भाइरस परिक्षण भएर सङ्क्रमण पुष्टि भएका मध्ये २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्