नुवाकोटमा २८ सङ्क्रमित थपिए



नुवाकोट,वैशाख २३ । नुवाकोटमा थप २८ कोरोना सङ्क्रमण पुष्टि भएको छ। थपिएका संक्रमितसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बिहिबारको रिपोर्टअनुसार सबैभन्दा धेरै विदुर नगरपालिकाभित्र मात्रै १६ जना पुरुष र ८ जना महिला गरेर २४ जना कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै, बेलकोटगढी नगरपालिकामा १ जना पुरुष, लिखु गाउँपालिकाका १/१ जना महिला र पुरुष, र तारकेश्वर गाउँपालिकाका १ पुरुष कोरोनाको सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयनुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

उनको अनुसार कोरोनाको सक्रिय सङ्क्रमित मध्ये अस्पतालमा २९ जना, स्थानीयतहले बनाएको आइसोलेसन केन्द्रमा ४ जना र ३२३ जना आफ्नै घरको एकान्तबासमा बस्दै आएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टीजेन परीक्षणमा ३ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म नुवाकोटमा १० हजार ६२९ जनाको कोरोना परीक्षण गरिएकोमा १ हजार ५६४ सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्