थप ८६५९ संक्रमण पुष्टि, ५८ को मृत्यु
काठमाडौं, वैशाख २२ । नेपालमा पछिल्लो २४ घन्टामा थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ।
यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ।