नुवाकोट भद्रुटारका उद्दब सिटौलाको कोरोनाबाट ज्यान गयो



काठमाडौ,वैशाख २२ । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार चुहानडाडाका उद्दब सिटौलाको कोरोनाबाट काठमाडौमा ज्यान गएको छ।

सोमबार स्वास्थ्यमा सामान्य समस्या देखिए लगत्तै बिपि स्मृति अस्पतालमा भर्ना भएका सिटौलाको मंगलबार निधन भएको उनका भतिजो उत्तम सिटौलाले बताए ।

गङ्गबुस्थित आफ्नो निवासमा स्वास्थ्य प्रतिकुल महसुस गरेका उनलाई निमोनिया देखा परेको थियो भने कोरोना पोजिटिभ पाइएको थियो। ५० वर्षीय सिटौला युवा व्यवसायी तथा सिने कलाकारका रुपमा समेत परिचित छन्।

प्रतिक्रिया दिनुहोस्