टोखा १० का वडा अध्यक्ष पाण्डेलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं,वैशाख १९ । टोखा नगरपालिका वडा नम्बर १० का अध्यक्ष मधुसुदन पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ।

अध्यक्ष पाण्डे तीन दिनदेखि अस्वस्थ थिए।उनलाई आइतबार कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको श्रोतले जनाएको छ ।

कोरोना संक्रमण पुष्टिसंगै अध्यक्ष पाण्डे हाल होम आइसोलेसनमा रहेका छन् । ज्वँरो आउने,शरीर दुख्ने,खाना खान मन नलाग्ने जस्ता लक्षण पाण्डेलाई देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्