पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि, नर्भिक अस्पताल भर्ना



काठमाडौ,वैशाख १८ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेता खनाललाई अहिले मनमोहनबाट नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो । 

खनालको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्