वीर अस्पतालको बिग्रिएको अक्सिजन प्लान्ट सञ्चालनमा आयो
काठमाडौ,वैशाख १८ । वीर अस्पतालको बिग्रिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। गत वर्षदेखि बिग्रिएर उत्पादन बन्द भएको वीर अस्पतालको अक्सिजन प्लान्ट मर्मतपछि एक वर्षपछि सञ्चालनमा आएको हो ।
गत वर्ष कोरोना संक्रमणको गति उच्च हुँदै गर्दा बिग्रिएर थन्किएको अक्सिजन प्लान्ट स्थानीय बजारमा उपलब्ध साधनको प्रयोगबाट मर्मतपछि बनेको हो भने विगत चारदिनदेखि संचालनमा ल्याइएको हो ।
वीर अस्पतालको यो अक्सिजन प्लान्टबाट दैनिक १ सय ५० सिलिण्डर अक्सिजन ग्याँस उत्पादन हुने गर्छ । अस्पतालमा सामान्य अवस्थामा एक सयको संख्या भित्रै सिलिण्डर दैनिक रुपमा खपत हुँदै आइरहेको छ ।