सिन्धुपाल्चोकका एक कोरोना संक्रमितको मृत्यु



सिन्धुपाल्चोक,वैशाख १८ । सिन्धुपाल्चोकका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चौतारास्थित साँगाचोकगढी नगरपालिका कुभिन्डेका ३७ वर्षीया राजन गिरी रहेका छन् । उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

गिरीलाई शुक्रबार जिल्ला अस्पतालबाट धुलिखेल रिफर गरिएको थियो । हिजो बेलुका कोभिड पोजेटिभ देखिएका उनको आज शनिबार बिहान मृत्यु भएको हो ।

चार वर्ष अघि मुटुको शल्यक्रिया गरेका उनको शनिबार बिहान पौने ८ बजे मृत्यु भएको हो । आइसीयु बेड नभएपछि उनको इमर्जेन्सी कक्षमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्