कोरोना संक्रमण वृद्धिसंगै सरकारले भन्यो-अस्पतालमा बेड छैन
काठमाडौ,वैशाख १७ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण वृद्धिसंगै सरकारले अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने बताएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणका नाममा अपील गर्दै यस्तो सूचना जारी गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सार्वजनिक गरेको अपीलमा भनिएको छ, ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपील जारी गर्दै काठमाडौं उपत्यकासहित भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा,बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुर लगायत २२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको जनाएको छ ।