मानव सेवा आश्रमलाई टोखा नगरले गर्‍यो औषधि तथा स्वास्थ्य सामग्री सहयोग



स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गर्दै नगर प्रमुख प्रकाश अधिकारी

काठमाडौं,वैशाख १६ । मानव सेवा आश्रमलाई टोखा नगरले औषधि तथा स्वास्थ्य उपकरण सहयोग गरेको छ। टोखा नगरपालिकाले बिहीबार एक कार्यक्रमका बीच सामाखुसीमा रहेको मानव सेवा आश्रमलाई औषधी तथा स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो । कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले टोखा नगरको योजना अनुसार आश्रमलाई स्वास्थ्य सामाग्री र औषधी वितरण गरेको बताए ।

नगरद्वारा प्रदान गरिएको स्वास्थ्य सामग्रीमा स्वास्थ्य सेवासम्बन्धी ३८ प्रकारका औषधी, १७ प्रकारका औजार/उपकरण रहेका छन् । त्यस्तै अक्सिजन कन्सनट्रेटर, ईसिजि मेसिन, स्टेचर, ह्वीलचिएर, ड्रेसिङ सामग्री लगायत मेडीकल कक्षमा आवश्यक पर्ने औषधि, दराज,फाइल रहेका छन् ।

हेटौंडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले देशैभरी सडकमा रहेका अनाथ मानिसहरुको व्यवस्थापन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्