नुवाकोटमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि
नुवाकोट,वैशाख १६ । नुवाकोटमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बिहीबार पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा बढी विदुर नगरपालिकाका रहेका छन् । विदुर नगरका एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३७ जनाको पिसिआर परिक्षण हुँदा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना लागेकाहरुमा विदुर नगरपालिकाका ९ पुरुष र ८ महिलासहित १७ जना, बेलकोटगढी नगरपालिकाका २ महिलासहित ३ जना,किस्पाङ गाउँपालिकाका २ पुरुष, लिख् गाउँपालिकाका एक पुरुष रहेका छन् ।
यस्तै शिवपुरी गाउँपालिका, तारकेश्व गाउँपालिका र सुर्यगढी गाउँपालिकामा समान एक /एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या १२ सय ७७ पुगेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या एकसय ५ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।उनका अनुसार जिल्लाका ११ सय ७० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने १० हजार एकसय ७७ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।
हालसम्म नुवाकोटमा २ जना बृद्धाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।