नेपालमा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु



काठमाडौ,वैशाख १६ । नेपालमा कोरोना संक्रमणबाट थप ३५ जना मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ सय ४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्