कोरोनाका कारण थप १८ जनाको मृत्यु, ४५२४ संक्रमित
काठमाडौं,वैशाख १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामाकोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।