काठमाडौसहित उपत्यकामा १६ देखि २२ गतेसम्म लकडाउन
काठमाडौं, वैशाख १३ । काठमाडौसहित उपत्यकामा लकडाउनको घोषणा गरिएको छ । उपत्यकाको तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले सूचना जारी गरी अत्यावश्यकबाहेकका सेवा र आवागमन निषेध गरिएको जानकारी गराएका हुन् ।
अत्यावश्यकका विभिन्न सेवालाई भने स्वास्थ्य मापदण्ड अपनाएर खुल्न दिइने बताइएको छ । त्यस्तै खाद्यान्नको ब्यवस्थापनका लागि विहान र बेलुका २२ घन्टा छूट दिइने तयारी गरिएको छ ।
कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी यसअघि लकडाउनको प्रस्ताव गरिएको थियो ।
सूचना हेर्नुस्