नुवाकोटमा थप १ कोरोना संक्रमितको ज्यान गयो



नुवाकोट,वैशाख १३ । नुवाकोटमा कोरोना संक्रमणबाट थप एक संक्रमितको ज्यान गएको छ ।

कोरोनाबाट मृत्यु विदुर नगरपालिका वडा नम्बर ९ खिन्चेतकी का ७५ वर्षिया मंगली मिजार रहेको बताइएको छ ।

उनलाई कोरोनाको आशंकामा यहि वैशाख ४ गते त्रिशुली अस्पतालमा उपचार गर्न ल्याइएको थियो । पिसिआर गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको छ ।

त्रिशुली अस्पतालको आइसीयुमा रहेका उनको आज विहान ११ ः ३० मा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । उनको शव व्यवस्थापनको कसरी गर्ने भन्ने विषयमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसीरहेको छ ।यससँगे नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

योसँगे नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्