नुवाकोटमा भेटिए एकैदिन ५४ कोरोना संक्रमित
नुवाकोट,वैशाख १३ । नुवाकोटमा एकैदिन ५४ जना कोरोना संक्रमित भेटिएका छन् ।
आइतवार त्रिशुली अस्पतालमा ६९ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणका क्रममा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको छ ।
त्रिशुली अस्पतालले नुवाकोटको १७ र धादिङको नेत्रावति गाउँपालिकाका ५२ जनाको पिसिआर परिक्षण गरेको थियो ।
परिक्षण गरिएकामध्ये नुवाकोटमा ११ जना र धादिङको नेत्रावति गाउँपालिकामा ४३ जना संक्रमित भेटिएको त्रिशुली अस्पतालले जनाएको छ ।