सीसीएमसीको बैठक सकियो, भोलिदेखि हुने विद्यालय तहका परीक्षा स्थगित गर्न सिफारिश



काठमाडौं, वैशाख १२ । उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वमा बसेको सीसीएमसीको बैठक सकिएको छ । आइतबार सिंहदरबारमा बसेको बैठकले भोलि आइतबारदेखि सुरु हुने भनिएको विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहर ह्वात्तै वृद्धि भएसंगै सरकारले यस्तो कदम चालेको एक मन्त्रीले बताए । पछिल्लो २४ घण्टामा मात्रै ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यका लगायत कोरोना संक्रमणको जोखिम रहेका ठाउँमा लकडाउन लगाउन विज्ञहरुले सुझाव दिएका छन् । तर, सरकारले भने तत्काल लकडाउन नगर्ने निर्णय लिएको छ ।

त्यस्तै, बैठकले लकडाउन गर्ने अधिकार सिडिओहरुलाई दिने निर्णय गरेको छ । बैठकले सक्रिय संक्रमितको संख्या ५०० पुगेमा सिडिओले नै निषेधाज्ञा वा लकडाउन लागू गर्नसक्ने निर्णय गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्