थप २६१८ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु
काठमाडौ,वैशाख ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार ५ सय २५ पीसीआर परिक्षणका क्रममा २४ सय ८६ र ११४३ वटा एन्टीजेन परिक्षणका क्रममा १३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
याससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा तीन हजार १ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप ३६८ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ७७ हजार १२३ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ।