कोरोनाबाट दाङमा एक महिलाको मृत्यु
दाङ,वैशाख २ । दाङमा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ ।
कोरोना अस्पताल बेलझुण्डीमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका ७ निवासी ५५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती महिलाको करिब आज दिउँसो करिब पौने ४ बजेतिर मृत्यु भएको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनलाई गत चैत्र २३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परीक्षण गर्दा पुष्टि भएको थियो । उनी चैत्र २४ गते अस्पतालमा भर्ना भएको र आइसीयुमा राखी उपचार गर्ने क्रममा मृत्यु भएको व्यवस्थापक वलीले बताए ।
अहिले अस्पतालमा घोराही र तुलसीपुरका गरी १९ जना कोरोना संक्रमितहरु रहेको र ती मध्ये ५ जनाको आइसीयुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।