केपी ओलीलाई नै हटाएर एमालेको केन्द्रीय समिति बनाउने माधव नेपालको घोषणा
काठमाण्डौं,चैत १९। नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गरेका छन्।
बिहीबार पोखरामा आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाउने घोषणा गरेका हुन् ।
अब जिल्ला प्रदेश हुँदै छिट्टै आफ्नै नेतृत्वमा केन्द्रीय समिति घोषणा गर्ने जानकारी दिए । नेता नेपालले कास्की जिल्लास्तरीय समानान्तर कमिटी बनाएका छन्। धनराज आचार्यको नेतृत्वमा गठन भएको समिति मार्फत उनले त्यहीँबाट समानान्तर कमिटी गठन अभियान सुरु भएको घोषणा गरे।
नेपालसँगै नेता सुरेन्द्र पाण्डे पनि पोखरा पुगेका थिए। समानान्तर कमिटीको सचिवमा होमबहादुर नेपाली तोकिएका छन्।